काठमाडौं । जेठ २ गते
स्वास्थ्य प्रणाली कोल्याप्स भयो भनेर नागरिकलाई थप आतंकित बनाउनु उचित नहुने सत्तारुढ नेकपा एमालेका नेता विष्णु रिजालले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै रिजालले यस्तो बताउनु भएको छ । रिजालले हाम्रो स्वास्थ्य प्रणाली पक्कै पनि कमजोर रहेको भन्दै एक वर्षमा गर्न सकिने कामहरु पनि नभएको बताउनु भएको छ ।

 

तर, अहिले मिडियामा चर्चामा रहेको जस्तो प्रणाली नै कोल्याप्स भएको भन्दै प्रचार गर्न आवश्यक नभएको उहाँको भनाइ छ ।कोरोना महामारीको दोस्रो लहरलाई नियन्त्रणमा लिनका लागि रातदिन नभनी स्वास्थ्यकर्मी खटिरहेका भन्दै रिजालले हजारौँको जीवन बचाएका स्वास्थ्य संस्थाले असाधारण काम गरिरहेका उल्लेख गर्नु भएको छ । महामारी नियन्त्रणमा लागिपरेको समयमा विभिन्न माध्यमबाट थप आतंकित बनाउनु ठीक नभएको रिजालको तर्क छ । उहाँले यस्तो बेलामा ‘स्वास्थ्य प्रणाली कोल्याप्स भयो’ भनेर नागरिकलाई थप आतंकित बनाउनु उचित हुन्छ र भन्दै प्रश्न गर्नु भएको छ ।