काठमाडौं । जेठ २ गते
आज इजरायली सेनाले प्यालेस्टाइनका गाजा पट्टीमा गरेको हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको बताइएको छ।
इजरायली सेनाले दुईवटा आवसीय भवनमा रकेट आक्रमण गरेको थियो। आक्रमणले भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन्। हमासका प्रमुख यह्या अल सिनवारको आवासलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै अल जजीराले जनाएको छ।हमास र इजरायली सेनाको जारी युद्धका कारण इजरायलका हजारौँ मानिस तेलअभिवस्थित सेल्टरतर्फ लागेका छन्।

सहरमा चेतावनीका साइरनहरु बज्न थालेपछि बम आक्रमणबाट जोगिन तेल अभिवका ठूला सेल्टरहरुमा मानिसहरु जान थालेका छन्।जारी युद्धमा इजरायलको आक्रमणमा परी गाजामा १७० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा कम्तीमा ४१ बालबालिका छन्।हिंसामा एक हजारभन्दा बढी घाइते भएको जनाइएको छ।