×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । जेठ ३ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रोकिएका अधुरा कामहरू पुरा हुने योग रहेको छ भने बोलीको प्रभाव बढ्नुका साथै पढाइ लेखाइमा प्रगति हुने तथा कृषि कार्यबाट बढी लाभ मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज विशिष्ट व्यक्तिको साथ पाइने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्नुका साथै जोशजाँगर र हिम्मत बढ्ने तथा निर्माणको कार्य भने अघि बढ्नेछ ।

 

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सामाजिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने श्रमको उचित मल्याङ्कन हुनुका साथै आफन्तलाई प्रभावित पारेर काम बन्ने तथा स्वास्थ्य प्रति सजग रहनु होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज सामान हराउने योग योग रहेको छ भने साँझमा आफ्नी इच्छा पूरा गर्न केही धन पनि खर्च होला, तर शेयर बजारबाट राम्रो सफलता पाईन सक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने जोश जाँगर र उमङ्ग बढ्नुका साथै शुभ कार्यको चर्चा पनि चल्ने र साँझमा कुनै कारणले चिन्ता बढ्न सक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै आयआर्जनका क्षेत्रमा सुधार आउने तथा धार्मिक कार्यमा रुचि बढ्ने र नजिकको मित्रसँग भेटघाट हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने पार्टी तथा सेमिनारमा सहभागी भइनुका साथै आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नुका साथै स्वास्थ्य समस्या बढ्ने तथा आफन्तको साथ र सहयोग पाइनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज न्यायिक कार्यमा सफलता मिल्ने योग रहेको छ भने जोश जाँगर र हिम्मत बढ्ने तथा साँझमा अनावश्यक खर्च बढ्नुका साथै नयाँ कामको योजना बन्ला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नुका साथै पढाइ लेखाइमा विस्तारै सफलता मिल्ने योग रहेको छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज सामाजिक क्षेत्रबाट मानसम्मान मिल्ने योग रहेको छ भने शुभ र नयाँ कार्यको योजना बन्नुका साथै आफन्त सँग पुनर्मिलनको योग रहेको छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुने तथा नयाँ कामको थालनी पनि हुन सक्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला