×

TUNGOON

सरकारद्वारा कोभिड–१९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता


काठमाडौं । जेठ ३ गते
हाल कोारोना संक्रमणको दोस्रो लहर बिश्वभर तिव्र स्पमा फैलिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि हाल नेपालमा निषेधाज्ञा जारी छ । यसै क्रममा सरकारले कोभिड–१९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले यी अस्पताललाई कोभिड–१९ का बिरामीको उपचार गरेबापत् शोधभर्ना दिनेछ । उक्त सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने छ ।

यसरी सम्झौता गरेका अस्पतालमध्ये प्रदेश १ मा तीनवटा, प्रदेश २ मा पाँच, बागमती प्रदेशमा ३७ अस्पताल छन्। त्यस्तै गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशमा १०, कर्णालीमा तीन र सुदूरपश्चिमका १८ अस्पतालसँग सम्झौता गरिएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला