×

TUNGOON

जनताको जीवनसँग जोड्न र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने प्रधानमन्त्री ओलीको भनाई


काठमाडौं । जेठ ३ गते
जनताको जीवनसँग जोड्न र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको भनाई छ । जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने पनि जनाउनुभएको छ ।

 

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणको अभियान निष्कर्षमा पुग्ने नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गरी आन्दालनलनई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गर्नुभएको छ ।दिवसका अवसरमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल नेतृत्व गर्नुभएको स्मरण गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि जेठ ३ गते एकीकृत भएको नेकपा एकीकरणलाई कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्‍याउन नसकिएको प्रष्ट पार्नु भएको छ । ओलीले लामो वक्तव्य जारी गर्दै एमाले आज पनि उक्त एकीकरणको विरासतलाई अघि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको बताउनु भएको छ । ओलीले आफूहरु कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प समेत गर्नुृ भएको छ । उहाँले मदन भण्डारी र जीवराज आश्रितले स्थापित गरेको मान्यतामा आफूले पार्टीलाई अघि बढाउने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला