काठमाडौं । जेठ ३ गते
आज २८औं मदन–आश्रित स्मृति दिवसको हो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८औं मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै एमालेको आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थितिको सामना गरिरहेको उल्लेख गर्नु भएको छ ।

उहाँले जबजले अघि सारेको लोकतान्त्रिकरणको मूल्यमान्यतालाई स्वंयम् हामीले आत्मसात गरिरहेको र मदन–आश्रितले परिकल्पना गरेको समृद्ध,सामाजिक न्याय र समानतायुक्त नेपाल भएको भन्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट कसैलाई नभएको बताउनु भएको छ ।