काठमाडौं । जेठ ३ गते
आ–आफ्नो हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन नेकपा एमालेका नेता वामदेव गौतमले आग्रह गर्नु भएको छ । आज मदन भण्डारी र जिवराज आश्रितको स्मृति दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गनुृ भएको हो ।

उहाँले पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको आरोप लगाउनु भएको छ । उहाँले भण्डारी र प्रश्रितले निर्माण गरेको समाजवादको बाटो आफूले पछ्याइरहेको बताउँदै एमालेसहित वाम एकतामा जोड दिनु भएको छ ।