काठमाडौं । जेठ ४ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा तोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । सोमबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कामय भएको छ । यस्तै, चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ पुगेको छ ।