काठमाडौं । जेठ ५ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने शिक्षामा सफलता पाइनुका साथै स्वास्थ्यमा सुधार आएपनि स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ र शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने बोलीको प्रभावले अरुको मन जित्न सकिने तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनुका साथै आकस्मिक धन लाभ हुनसक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ र जोश जाँगर र मनोबल उच्च रहनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज यात्रा नगरेकै जाती हुनुका साथै झन्झटिलो काममा संलग्न हुनुपर्ने योग रहेको छ भने नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिने योग रहेको छ भन दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ कार्यको चर्चा चल्नुका साथै प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ भने राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज राज्यबाट मान सम्मान पाइनेयोग रहेको छ भने आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनुका साथै स्वास्थय प्रति सचेत रहनु पर्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आच आफूलाई कमजोर भएको अनुभूति हुने योग रहेको छ भने कुनै कारणले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सानातिना समस्यामा अल्झनुपर्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुने योग रहेको छ भने न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्ने तथा साँझमा नरमाइलो समाचार सुनिएला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट सहयोग पाइनुका साथै शुभ समाचार पनि सुन्न पाइएला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नसोचेको ठाउँबाट धनागम हुने योग रहेको छ भने वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्ने तथा विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।