काठमाडौं । जेठ ५ गते
आज विहान ५ बजेर ४२ मिनेटमा लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । भूकम्प मध्य र पश्चिम नेपालमा सहजै महशुस गरिएको थियो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको क्षतिको बारेमा केहि विवरण आइसकेको छैन । विहानै भूकम्पको ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए ।