काठमाडौं । जेठ ५ गते
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ‘ताउ–ते’को प्रभावले मौसम बदली भaएको हो ।देशभरको मौसम बदली भएको छ । अहिले कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ तथा देशका अरु एक,दुई ठाउँमा पानी परिरहेको छ ।आज दिउँसोपख पनि मौसम बदलीकै अवस्था रहनेछ ।

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा एकरदुई ठाउँमा ठूलो र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । बाँकी वाग्मती, प्रदेश दुई र एकका पहाडी केही ठाउँमा मेघगर्जन,चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ । त्यस्तै आजराति पनि पश्चिमका केही ठाउँमा ठूलो पानी पानी पर्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा कतै ठूलो पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात हुने भएकाले खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।