काठमाडौं । जेठ ५ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको भाउ ९३ हजार ४०० रुपैयाँ रहेको थियो । सोही परिमाणको तेजावी सुनको भाउ ९२ हजार ८०० रुपैयाँ रहेको छ । यता, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३७० रुपैयाँमा कारोबार हुनेछ ।