काठमाडौं । जेठ ५ गते
हाल विश्वभर कोरोना संक्रमणको दोस्रो लहर जारी छ । यसको सबैभन्दा बढी प्रभाव अहिले नेपालको छिमेकी मुलुक भारतमा परेको छ । त्यहाँ गएको २४ घण्टामा कोरोना संक्रमणका कारण चार हजार ५२९ जनाले ज्यान गुमाएका छन् । महामारी सुरु भएयता भारतमा एकै दिन पहिलोपटक यति धेरैको संख्यामा कोभिड–१९ का कारण मानिसको मृत्यु भएको हो।संक्रमितको संख्या भने केही कम देखिएको छ विगतका दिनको तुलनामा ।

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ३३४ जना नयाँ संक्रमित थपिएका छन्।भारतमा कुल संक्रमितको संख्या दुई करोड ५४ लाख ९६ हजार भन्दा बढि र मृत्यु हुनेको संख्या दुई लाख ८३ हजार २४८ पुगेको छ।हाल सक्रिय संक्रमितको संख्या ३२ लाख २६ हजार सात सय भन्दा धेरै छ।अहिलेसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।