काठमाडौं । जेठ ५ गते
आज साँझ ७ बजे नेकपा एमाले विवाद समाधान कार्यदलको दोस्रो बैठक बस्ने भएको छ।सिंहदरबारमा बैठक बस्ने तय भएको हो।विवाद समाधानको सुत्र पहिल्याएर आउन तीन दिनको समयसीमा पाएको कार्यदलको मंगलबार पहिलो बैठक बसेको थियो।उक्त बैठकले एक अर्काप्रति प्रहार रोक्न आह्वान गर्ने निर्णय गरे पनि कार्यदल ठोस एजेण्डामा प्रवेश गरेको छैन।

एमाले अध्यक्ष ओली र असन्तुष्ट समूहका वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने सहमति केही दिन अघि भएको थियो।तर दुवै पक्षको सहमतिका साथ त्यहाँ फर्किने आधार खडा गर्ने जिम्मेवारी १० सदस्यीय कार्यदललाई दिइएको छ।