काठमाडौं । जेठ ५ गते
नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापनसहित प्रसारण गरेर क्लीनफिडको अवज्ञा गरेको भन्दै केबल अप्रेटरहरूलाई विज्ञापन बोर्डले कारबाही गर्ने चेतावनी दिएको छ । बोर्डले विज्ञापन (नियमन) गर्ने ऐन २०७६ को व्यवस्थाविपरित कतिपय अप्रेटरहरूले अवज्ञा गरेको जानकारी दिएको छ ।

एमएसओ, एलसिओ, आइपिटिभी, डिटिएच, आएसपीलगायत अन्य माध्यमबाट पनि विज्ञापनसहित विदेशी च्यानल प्रसारण भएको उजुरी आएपछि बोर्डले यस्तो चेतावनी दिएको हो । कानुनी व्यवस्था विपरित प्रसारण नगर्न नगराउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराइएको छ ।