काठमाडौं । जेठ ५ गते
देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक ईश्वर पोखरेलको भनाई छ । उपप्रधानमन्त्री पोखरेलले देशभरका ८ स्थानमा एकरएक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने कामको औपचारिक रुपमा प्रारम्भ भएको बताउनु भएको छ ।

उहाँले ७ वटा प्रदेशमा एकरएक वटा र बाँकी एउटा काठमाडौं उपत्यकामा होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र नेपाली सेनाले निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी दिनु भएको छ । उहाँले होल्डिङ सेन्टरहरु, सेमि पर्मानेन्ट टाइपका ७ वटा प्रदेशमा ७ ठाउँ र काठमाडौं उपत्यकामा एउटा १र१ हजार क्षमताको निर्माण गर्ने कुराको औपचारिक प्रारम्भ भएको छ र त्यसको लागि अर्थ मन्त्रालयले बजेट छुट्याईसकेको जानकारी दिनु भएको छ । उपप्रधानमन्त्री पोखरेलले सरकारले अक्सिजनको अभावलाई पुरा गर्नका निम्ति पहल गरिरहेको पनि बताउनु भएको छ । उहाँले अक्सिजन प्लान्टहरुको अभावले गर्दाखेरी हाहाकार सिर्जना भएको र हामी त्यो अभावलाई पनि जति सकिन्छ चाँडो पुरा गर्ने बताउनु भएको छ।