काठमाडौं । जेठ ५ गते
आचारसंहिता नमान्ने व्यक्ति वा संस्थालाई कारबाही हुन सक्ने निर्वाचन आयोगले चेतावनी दिएको छ । बागमती प्रदेशमा बिहीबार हुन लागेको राष्ट्रिय सभा उपनिर्वाचनका लागि आयोगले सोमबार रातिबाट नै मौन अवधि लागू गरेको छ । ओलीप्रति इंगित गर्दै आयोगले भनेको छ, ‘एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनेर आलोचना गर्ने र अर्कोतर्फ आफैँ आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन ।

निर्वाचन आचारसंहिता एक कानुनी आधार र नैतिक बन्धन भएकाले सोको पालना गरी निर्वाचनलाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने आयोगको कार्यमा सहयोग गर्न पनि आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।तर, प्रधानमन्त्री तथा नेकपा एमालेका अधयक्ष केपी ओलीले बुधबार विज्ञप्ति जारी गरी आफ्नो पार्टीको उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न अपिल गरेपछि आयोगले सूचना जारी गरी गरेर यस्तो कार्य नगर्न–नगराउन आग्रह गरेको छ ।