काठमाडौं । जेठ ६ गते
आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेताहरु बालुवाटार जाने भएका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला जाने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनु भएको छ ।

 

उहाँले कोभिड १९ नियन्त्रण तथा रोकथाममा सरकारको ध्यानाकर्षण गर्न प्रधानमन्त्रीलाई भेट्न लागिएको बताउनु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आएका विषय भेटेरै राख्न लागिएको महतको भनाइ छ ।