काठमाडौं । जेठ ६ गते
आज दिउँसो २ बजे नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाउनु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ ।त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ ।

त्यस्तै त्यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् । मन्त्रिपरिषद् बैठक स्थायी कमिटीलगत्तै अर्थात् साढे २ बजे बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।मन्त्रिपरिषद् बैठक नियमित भएको र केही मन्त्रालयगत कार्यसूचीमाथि छलफल हुने ती मन्त्रीले बताए । आज बस्ने मन्त्रिपरिषद् बैठकले सदन आह्वानको सिफारिस गर्ने सम्भावना रहेको एक मन्त्री बताउँछन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमअघि विश्वासको मत लिनेबारे छलफल गरिरहेका छन् ।