काठमाडौं । जेठ ७ गते
आज बिहान १० बजेपछि नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ। सिंहदरबारमा बस्ने बैठकले नयाँ सरकार गठनका सम्बन्धमा छलफल र निर्णय गर्ने छ।जसपाले केपी शर्मा ओलीलाई संविधानको धारा ७६ –५० को प्रधानमन्त्रीमा समर्थन गर्नेबारे बैठकमा छ्लफल र निर्णय हुनेछ ।

9

यो बैठकमा जसपाको उपेन्द्र यादव समूह सहभागी हुने नहुने निश्चित भैसकेको छैन।जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा जाने निर्णय पार्टीले गरेको भन्दै संयुक्त वक्तव्य केही दिनअघि मात्रै जारी गरेका थिए।राष्ट्रपतिले ७६ –५०को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिनु भएको छ ।