काठमाडौं । जेठ ७ गते
१ सय ३८ जनाको बहुमत जुटाएर सरकार बनाउन प्रतिपक्षी दललाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चुनौती दिनु भएको छ । आज समाजिक सञ्जाल क्रवार ट्वीटरमार्फत आफ्नो धारणा राख्दै उहाँले प्रतिपक्षी दललाई यस्तो चुनौति दिनु भएको हो ।

उहाँले मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको भन्दै प्रश्न समेत गर्नु भएको छ । गायक पशुपति शर्माको गीतको सानो अंश लेख्दै सल्लाहकार थापाले बहुमत सदस्यहरूको समर्थनमा नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री ओलीलाई विपक्षमै बस्न बाध्य गराउन चुनौति दिनु भएको छ ।