काठमाडौं । जेठ ७ गते
संविधानको धारा ७६९४० ऐच्छिक नभइ बाध्यकारी भएको नेकपा एमालेका उपाध्यक्ष भीम रावलको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता रावलले यसमा रहेको व्यवस्थालाई छल्न नमिल्ने बताउनु भएको हो । उपाध्यक्ष रावलले नेपालको संविधानको धारा धारा ७६९४० ऐच्छिक होइन बाध्यकारी भएको र यसलाई छल्न नमिल्ने बताउनु भएको छ ।

उहाँले संविधानमा धारा ७६ को उपधारा २० वा ३० बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ भन्ने व्यवस्था गरेको उल्लेख गर्नु भएको छ ।धारा ७६ –३० बमोजिम प्रधानमन्त्री बनेका ओलीले एक महिना भित्र विश्वासको मत नलिई ७६ –५० अनुसार सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि रावलको यस्तो प्रतिक्रिया आएको हो। त्यस्तै नेता रावलले नागरिकताको विशष देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय भएकाले कुर्सीको खेलसँग जोडिन नहुने उल्लेख गर्नु भएको छ । ‘