काठमाडौं । जेठ ७ गते
सरकार गठन गर्नेगरि विपक्षी गठबन्धनका १४९ सांसदहरुको हस्ताक्षरसहित नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा दाबी गर्न शीर्ष नेताहरु शितलनिवास प्रवेश गरेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउनको लागि नेकपा ९एमाले० का माधव नेपाल पक्षधर २७ जना सांसद र जनता समाजवादी पार्टी, नेपालका १३ जना सांसदहरुले समर्थन गरेको जनाईएको छ । उनीहरु सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा छलफलमा जुटेर हस्ताक्षर संकल गरेका थिए ।