काठमाडौं । जेठ ८ गते
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री र राष्ट्रपति मिलेर वतर्मान व्यवस्थामाथि नै ‘कू’ गर्न खोजेको बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता नेपालले चुनावको घोषणलाई समेत जालझेलको रुपमा अर्थ्याउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गर्नु भएको थियो ।

प्रधानमन्त्री र राष्ट्रपति मिलेर वतर्मान व्यवस्थामाति नै कू गर्न खोजेको उहाँको भनाइ छ। नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउनु भएको छ । उहाँले यसलाई प्रतिगमनको रुपमा समेत व्याख्या गर्नु भएको छ ।