काठमाडौं । जेठ ८ गते
सचेत नागरिकको साथ लिएर राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न दलहरुलाई नेपाली कांग्रेसका नेता गगन थापाले आह्वान गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले महामारीमा यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिनेवाला नरहेको दाबी गर्दै खुट्टा नकमाएर प्रतिवादमा उत्रन दलहरुलाई आह्वान गर्नु भएको हो ।

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेका थापाको दाबी छ। नेता थापाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद दुवै मन नपरेको दाबी गर्नु भएको छ ।