काठमाडौं । जेठ ८ गते
संरक्षकबाटै संविधान च्यात्ने काम भएको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आरोप लगाउनु भएको छ । उहाँले राष्ट्रपति संविधानको संरक्षक भए पनि संसद विघटनको निर्णय गरेर भूमिकाको खिल्ली उडाइएको बताउनु भएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति संसद विघटन गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा गर्नु भएको छ ।

यसप्रति टिप्पणी गर्दै कांग्रेस नेता कोइरालाले आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको बताउनु भएको छ । उहाँले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको र संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापी क्षम्य नहुने उल्लेख गर्नु भएको छ ।