काठमाडौं । जेठ ८ गते

अध्यक्ष उपेन्द्र यादवले शनिबार र आइतबारका लागि तोकिएको बैठक स्थगित नभएको र तोकिएकै समयमा हुने जनाउनु भएको छ । उहाँले विज्ञप्ति जारी गर्दै देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार–विमर्श गरि निष्कर्षमा पुग्नु पर्ने भएको हुँदा कार्यकारिणी समितिको बैठक राखिएको बताउनु भएको छ ।

सो बैठक स्थगित नभएको हुनाले सम्पूर्ण पदाधिकारी एवम् केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई जानकारीसहित निर्धारित समय र स्थनमा उपस्थित हुन विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ ।