काठमाडौं । जेठ ८ गते
जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समिकरणदेखि समिकरणसम्मको गोलचक्करमा रिङ्गाउने षडयन्त्र समाप्त भएको नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता बाँस्कोटाले यस्तो बताउनु भएको हो ।

नेता बाँस्कोटाले अब इच्छा अनुसारको समिकरण बनाएर चुनावी मैदानमा उत्रन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड–र एमालेका वरिष्ठ नेता माधव नेपाललाई आग्रह गर्नु भएको छ । जनताले साथ दिए चौकादाउ हान्न पनि उहाँले आग्रह गर्नु भएको छ । जनताले कोल्याप्स हान्दिए भने गुनासो नगर्न पनि उहाँको आग्रह छ।