काठमाडौं । जेठ ८ गते
प्रधानमन्त्री केपी शर्मा ओलीको एकोहोरो विरोध गर्ने प्रवृत्तिले जनतामा ओलीप्रति सहानुभूती बढ्दै गएको नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भनाई छ ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो जिकिर गर्नु भएको हो । उहाँले आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क।ओलीप्रति सहानुभूती बढ्दै गएको उल्लेख गर्नु भएको छ ।