काठमाडौं । जेठ ८ गते
एमाले नेता महेश बस्नेतले राजनीतिक निकास दिन नसकेका कारण संसद विघटन गरिएको बताउनु भएको छ । उहाँले विघटित संसदलाई ‘थारो गाई’को संज्ञा दिनु भएको छ । सरकरले गत पुस ५ गते गरिएको संसद विगठन सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाले अन्य विकल्पको खोजी गर्ने म्यान्डेट दिएकोले संविधानको धारा ६७ का सबै अभ्यास गरिएको उहाँको भनाई छ ।

 

धारा ७६ –५ को पछिल्लो अभ्यास त झन उदेकलाग्दो देखिएको टिप्पणी गर्दै उहाँले पार्टी फोर्ने, बिधि पद्दति उलघ्ंन गर्ने, गराउने, सत्ता लिप्साको लागि किर्ते हस्ताक्षर गराउनेजस्ता अपराधिक हर्कत समेत देखिएको बताउनु भएको छ । उहाँले यो परिवेषमा सरकरले संसद विगठन गरी कात्तिक २६ र मंसिर ३ मा गर्ने चुनावमा लाग्नु हामी सबैको कर्तब्य भएको बताउनु भएको छ । केही जनमत गुमेका, जनतामा नगएका र आगामी निर्वाचनमा हरिने डर भएका, अनि बौद्धिक खेति गरेर जीविकोपार्जन गरिरहेका र डलर खेती गर्नेहरुले यस्को बिरोध गरिरने उहाँको धनाई छ ।