काठमाडौं । जेठ ८ गते
महामारीको बेलामा जनता बचाउन होइन, चुनावमा जाऊ भन्नु कुन मानवीयताले दिनसक्छ भनेर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रश्न गर्नु भएको छ । उहाँले संसद विघटन गरी चुनावमा जाने सरकारको निर्णयबारे प्रतिक्रिया सार्वजनिक गर्दै जनताले पाँच वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउ भन्नु कुन मानवीयताले दिनसक्छ भन्दै प्रश्न गर्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाबद्ध षडयन्त्रबाट संसद, संविधान र लोकतन्त्रमाथि प्रहार भएको टिप्पणी गर्दै नेता सिंहले उनीहरुलाई नेपाली जनताले क्षमा नदिने जिकीर गर्नु भएको छ ।