काठमाडौं । जेठ ८ गते
अबको कार्यदिशा ५ बुँदामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सुझाउनु भएको छ। मध्यावधि निर्वाचन घोषणा भएपछि अबको अवस्थामा के गर्ने भन्ने विषय थापाले विकल्पहरु सुझाउनु भयो । थापाले अब देश मध्यावधि निर्वाचनमा गइसकेको अवस्थामा महामारी नियन्त्रणमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । थापाले अब स्वास्थ्य संकटकाल घोषणा गरेर महामारी नियन्त्रणमा लाग्नुपर्ने बताउनु भएको छ ।

थापाले सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिना भित्र कोरोना महामारी नियन्त्रण गर्नेतर्फ सरकारले काम गर्नुपर्ने बताउनु छ । थापाले आम नागरिकलाई खोपको व्यवस्था गर्ने, चुनाव निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने काम अबको कार्यदिशा भएको उल्लेख गर्नु भएको छ ।