काठमाडौं जेठ ९ गते
मध्यावधि निर्वाचनको विरोध गर्नुको कुनै अर्थ नभएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको भनाई छ । उहाँले मध्यावधि निर्वाचनलाई स्वागत गर्दै बिजुक्छेले विरोधको कुनै अर्थ नभएको बताउनु भएको हो । अध्यक्ष बिजुक्छेले सरकारले संसद भंग गरेर चुनाव घोषणा गरिसकेको अवस्थामा अब सबै पक्ष चुनावमा केन्द्रित भएर लाग्नुपर्ने बताउनु भएको छ ।

उहाँले सबै राजनीतिक दलमा अनुशासन भंग भएको भन्दै अब चुनावमार्फत सबैलाई अनुशासनको दायरामा ल्याउनुपर्ने बताउनु भयो । नेमकिपाले पहिल्यैदेखि संसदले निकास नदिने अवस्थामा चुनावमा जानु उपयुक्त रहेको बताउँदै आएको भन्दै बिजुक्छेले परिस्थितिले अब चुनावको विकल्प नभएको देखिएको भन्दै विरोधतर्फ नलागी तयारीमा लाग्नुपर्ने उहाको भनाई छ । महामारीको समयमा पहिला जनताको ज्यान सुरक्षित गर्नुपर्छ भन्दै बिजुक्छेले त्यसपछि अरु कुरामा ध्यान जानुपर्ने औँल्याउनु भयो । महामारी नियन्त्रण र चुनावको तयारी सँगै गर्नुपर्ने उहाँको भनाइ छ ।