काठमाडौं जेठ ९ गते
आफू उत्तर कोरियाली शासक किम जोङ उनसँग भेटघाटका लागि तयार भएको तर छलफल परमाणु कार्यक्रमको विषयमा केन्द्रीत हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाई रहेको छ । शनिबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मून जेई–इनबीच भएको द्वीपक्षीय वार्तापछि बाइडेनले कोरियाली प्रायद्वीप परमाणु हतियार मुक्त रहनुपर्नेमा आफ्नो चाहना भएको बताएका छन् ।

यद्यपि, उनीहरुले परमाणु कार्यक्रम छोड्नका लागि उत्तर कोरियालाई मनाउन मुश्किल हुने पनि बताएका छन् ।छलफलपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जो बाइडेनले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निसस्त्रीकरण गर्नु आफ्नो उद्देश्य भएकामे बताएका छन् ।