×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । जेठ १० गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुने योग रहेको छ भने कार्य सम्पादनमा सहजता मिल्ने तथा मान प्रतिष्ठामा वृद्धि पनि होला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ र शुभ समाचार सुन्न पाइनुका साथै राजनीतिक कार्यमा सफलता मिल्ने योग रहेको छ भने व्यापार व्यवसायमा विस्तारै सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज नयाँ अनुभव मिल्ने योग रहेको छ भने शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै शुभकार्यको चर्चा चल्ने छ र नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै कूटनीतिक नियोगको सहयोग मिल्ने योग रहेको छ भनेसाहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा प्रेममा मधुरता पनि छाउला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मित्रबाट सहयोग मिल्नुका साथै मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा विशिष्ट व्यक्तिको सहयोग पाइने र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कार्यको थालनी हुने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुनाका साथै महिला वा मित्रबाट सहयोग मिल्ने तथा वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सम्पत्ति हराउने वा नष्ट हुनुका साथै अरुको भर पर्दा धोका पाइने योग रहेको छ भने राजनैतिक कार्यमा बाधा आउने तथा साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज राजनीतिक कार्यमा सफलता मिल्ने योग रहेको छ भन घरायसी मनोरञ्जनमा सहभागिता भइनुका साथै स्वास्थ्यमा समस्या आउन सक्छ बढी सजग रहनु होला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनुका साथै नजिकको आफन्त र मित्रसँग भेटघाट हुने तथा दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने कार्य सम्पादनमा सहजता मिल्नुका साथै पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अनावश्यक झमेलामा परिनुका साथै अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र चुनौतीको सामना गर्नुपर्ने तथा प्रयत्न गरे फाइदा लिन सकिनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला