×

TUNGOON

मुद्दा मिल्ने सबै कम्युनिस्टहरुबीच ध्रुविकरण गरेर जानुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई


काठमाडौं । जेठ १० गते
मुद्दा मिल्ने सबै कम्युनिस्टहरुबीच ध्रुविकरण गरेर जानुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको भनाई छ । उहाँले जनयुद्धकालीन माओवादी मात्रै नभएर मुद्धा मिल्ने कम्युनिस्टहरुबीच एकता र ध्रुविकरणको आवश्यकता रहेको बताउनु भएको छ । आइतबार पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी विचारधारा मान्नेलाई मात्रै समेट्ने भन्दा संकुचित हुने भएकाले वृहत कम्युनिस्ट एकतामा जानुपर्ने बताउनु भएको छ ।

आइतबार अपराह्न ५ स्३० बजेदेखि झण्डै २ घण्टा चलेको केन्द्रीय समिति बैठकमा समसामायिक राजनीतिक परिस्थिति, दलको विधान संशोधन र स्थायी कमिटीको निर्णयका विषयमा प्रचण्डले नेताहरुलाई ब्रिफिङ गर्नु भएको थियो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एकता टुटे पनि अन्य वामपन्थी परिवर्तनकारी शक्तिसँग सकेसम्म एकता र ध्रुविकरण कायमै रहेको पनि प्रचण्डको भनाइ थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला