काठमाडौं । जेठ १० गते
इटालीको उत्तरी क्षेत्र स्थित माजोरे ताल नजिकैको पहाडमा केवल कार दुर्घटना हुँदा १४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।केवलकार झण्डै २० मिटर तल जमिनमा खसेर आरालोमा गुड्किएको हो । रुखमा अड्किएपछि मात्रै केवलकार रोकिएको थियो ।
स्ट्रेसा बजारबाट यात्रुलाई आइतबार पिड्मोन्ट क्षेत्रको मोतारोनी माउन्टेन लैजाने क्रममा केवलकार दुर्घटना भएको हो ।

केवलकार वन क्षेत्रमा काटिएका रुखमाथि खसेको हो ।ज्यान गुमाउनेमा पाँचजना इजारायली रहेका छन् ।पाँच र ९ वर्षका दुई बच्चालाई विमानबाट उद्धार गरि तुरिन स्थित अस्पताल लगिए पनि ९ वर्षको बच्चाको च्यान गएको हो । पाँच वर्षको बच्चाको शल्यक्रिया भएको र उसको अवस्था गम्भीर रहेको जनाइएको छ ।