काठमाडौं । जेठ १० गते
मुख्यमन्त्री डोरमणि पौडेललाई नेकपा एमालेको नेपाल(खनाल समूहका वाग्मती प्रदेशसभाका १४ सदस्यले स्पष्टीकरणको जवाफ दिएका छन् ।नेपाल कम्युनिष्ट पार्टी एमालेको वाग्मती प्रदेश संसदीय बोर्डले स्पष्टीकरण सोधेकामा १४ जनाले नै एकमुष्ठ रुपमा एउटै व्यहोरोका स्पष्टीकरण बुझाएका हुन्।
स्पष्टीकरणमा उनीहरुले पूर्वाग्रह राखेर आफूहरुलाई स्पष्टीकरण सोधिएको जवाफ फर्काएका छन् ।

यही जेठ ७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ प्रति अन्तरघात गरेको भन्दै प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, वसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।