काठमाडौं । जेठ १० गते
भारतलाई लक्षित गर्दै प्रधानमन्त्री केपी ओलीले निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउने खतरा रहेको संविधानविद् डा.भीमार्जुन आचार्यले टिप्पणी गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा ओलीमा देखिएको जिकिर गर्नु भएको छ । एउटा नेता भन्दा देश ठूलो भएको भन्दै त्यसतर्फ होसियार हुन जरुरी रहेको पनि उहाँले बताउनु भएको छ ।

उहाँले यो तत्व पचासौं वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा रहेको र त्यसलाई सफल हुन नदिन सबैमा आग्रह गर्नु भएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि संविधानविद् आचार्यको यो अभिव्यक्ति सार्वजनिक भएको हो।उहाँले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मिलेर नेपाललाई फिजीको नियतीमा पुर्याउने अवस्था देखिएको बताउनु भएको छ ।