काठमाडौं । जेठ १० गते
प्रधानमन्त्री ओलीले सोधेको स्पष्टीकरणको औचित्य नरहेको नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलको भनाई छ । आज सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले त्यसको जवाफ नदिने बताउनु भएको छ ।

नेकपा एमालेको जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो। नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, कालिला खान र नीरादेवी जैरुलाई स्पष्टीकरण सोधिएको हो।उनीहरुलाई सोमबार बिहानसम्मको समय दिइएको थियो।