काठमाडौं । जेठ ११ गते
हाल बिश्वभर कोारोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलि रहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत वैशाख १६ देखि जारी निषेधाज्ञा अझै थप्ने तयारी गरिएको छ । आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । हाल जारी निषेधाज्ञा दुईदिनमा सकिँदै छ त्यसैले निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको बताईएको छ । कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञा जेठ १३ गतेपछि पनि थप गर्ने तयारी गरिएको हो ।दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि १३ गते मध्यराति १२ बजे सकिँदैछ। कोरोना संक्रमण अझै मत्थर नभएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको हो ।


यस विषयमा थप छलफल र निर्णय गर्न आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । यसैबीच आजदेखि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी व्यवस्था छ ।कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई नगद जरिवाना तथा कैद सजाय दुवै हुने प्रशासनले चेतावनी दिएको छ ।