×

TUNGOON

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले प्रतिनिधिसभा विघटनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै


काठमाडौं । जेठ ११ गते
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले प्रतिनिधिसभा विघटनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ ।तरुण दल केन्द्रले विघटनविरुद्ध देशभर प्रदर्शन गर्न ७७ वटै जिल्लामा परिपत्र गरेको हो ।

अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति परिपत्र गर्दै भनेका छन् कोरोना महामारी नियन्त्रणमा लाग्नुपर्ने सरकारले उल्टै संसद विघटन गरेर अराजकता थपेको बताएका छन् ।यसैको विरोधमा देशभर वाइसिएल, समाजवादी युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, युवा संघ नेपाल, विवेकशील साझा युवा संगठनसँग समन्वय गरी आफूहरु अगाडि बढेको तरुण दलले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला