काठमाडौं । जेठ ११ गते
आगामी ४ हप्तामा कोरोना भाइरसको संक्रमणको दर क्रमश घट्दै जाने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको भनाई छ । आज स्वास्थ्य मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उहाँले संक्रमणको दरलाई हेर्दा अबको ४ हप्तामा घट्दै जाने देखिएको जानकारी दिनु भएको छ । स्वास्थ्य मन्त्री त्रिपाठीका अनुसार अहिले दैनिक औषतमा ८ हजार ३ सय संक्रमित थपिइरहेका छन्।

स्वास्थ्य मन्त्री त्रिपाठीले अझै पनि केही स्थानमा आवातजावत भइरहेको र केही कार्यालयहरु पनि खुलीरहेका कारण संक्रमणमा उल्लेख्य कमी नआएको बताउनु भएको छ । उहाँले सरकारले खोप खरिदलाई प्राथमिकता दिँदै आवश्यक प्रक्रिया अगाडि बढाइरहेको पनि जानकारी दिनु भएको छ ।