काठमाडौं । जेठ ११ गते
मलोसियाको क्वालालामपुरस्थित पट्रोनास ट्वीन टावर नजिकै भूमिगत सुरङमा दुई वटा मेट्रो लाइट रेल एक आपसमा ठोक्किदा करिब दुई सय जना घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।मर्मतका लागि रोकिएको रेलमा बिपरीत दिशाबाट आएको अर्को रेलले ठक्कर दिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनामा विपरीत दिशाबाट आएको रेलमा सवार २१३ मध्ये अधिकांश घाइते भएको मलेसियाको प्रहरीले जनाएको छ ।घटनामा ६६ जना गम्भीर घाइते भएका छन् भने १६६ जना सामान्य घाइते भएको बताइएको छ । मलेसियाका प्रहरी प्रमुख मोहम्मद जैनल अब्दुल्लाहले घटनाको छानविन जारी रहेको बताउनुभयो ।यातायात मन्त्रालयले पनि घटनाको छानविन गर्न उच्चस्तरिय समिति गठन गर्ने जनाएको छ । मेट्रो रेल सञ्चालनको सञ्चालनको २३ वर्षमा पहिलो पटक दुर्घटना भएको बताइएको छ ।