काठमाडौं । जेठ ११ गते
प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने र विदेशी दूतले पटक–पटक भेट्ने कुरा लोकतन्त्रका लागि राम्रो संकेत नभएको जनता समाजवादीका नेता तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई छ । आज बिहान सामाजिक सञ्जालमा मार्फत प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताउनु भएको हो । पूर्व प्रधानमन्त्री भट्टराईले खिलराज रेग्मीलाई जस्तै अहिलेको प्रधानन्यायाधीशलाई पनि चुनावी सरकारको प्रधानमन्त्री बनाउने तयारीको यसलाई अथ्र्याउनु भएको छ ।

उहाँले ‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद भएको र त्यो नियम,नजिर बन्न नसक्ने बताउनु भएको छ । पूर्व प्रधानमन्त्री भट्टराईले राज्यका प्रमुख अंग धुजा–धुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा गर्न दिन नहुने जिकिर गर्नु भएको छ ।