काठमाडौं । जेठ ११ गते
कञ्चनपुरबाट गत दुई महिनादेखि हराइएरहेकी एक किशोरीलाई भारतको राजधानी नयाँदिल्लीको बदरपुर बोर्डरबाट उद्धार गरिएको छ। केआई नेपाल, दिल्ली क्राइम ब्रान्च, हरियाणा पुलिस र दिल्लीस्थित नेपाली दूतावाससँगको समन्वयमा आइतबार बेलुका उक्त १६ वर्षीया किशोरीलाई उद्धार गरेको केआई नेपालका भारत प्रतिनिधि नवीन जोशीले जानकारी दिनु भएको छ । उहाँले प्रहरीले उनलाई दुई महिनादेखि ‘बन्धक’ बनाएर राख्ने एक जना भारतीयलाई पनि पक्राउ गरेको बताउनु भएको छ । प्रतिनिधि जोशीका अनुसार किशोरीले दिएको जानकारीअनुसार केही महिनाअघि महेन्द्रनगर महोत्सवमा नाच्नका लागि आएका दुई किशोरीसँग उनको चिनजान भएको थियो। नाच्न निकै रुचि रहेकी उनी स्कुल र गाउँमा हुने सांस्कृतिक कार्यक्रमहरुका नाचगानका कार्यक्रममा नछुटाइ भाग लिने गरेकी थिइन्। महोत्सवमा भेट हुँदा आशिका र पुष्पाले ठूला कार्यक्रममा नाच्ने रहर छ भने आफूलाई सम्पर्क गर्न भन्दै नम्बर दिएको किशोरीले सुनाएको केआई नेपालका प्रतिनिधि जोशीको भनाई छ । प्रतिनिधि जोशीले गत ४ चैतमा घरमा आमा झगडा भएपछि उनी घर छाडेर हिडेको जानकारी दिनु भएको छ । उक्त किसोरीले पहिले दिइएको नम्बरमा सम्पर्क गरिन्। उनलाई दोधारा–चाँदनी नगरपालिकाको एउटा एकान्त ठाउँमा बोलाइयो। त्यसपछि उनलाई राती नै चोरबाटोबाट बनबासा पुरÞ्याइयो। किशोरीका अनुसार बनबासा जाँदै गर्दा दुई जना युवा र दुई जना किशोरी मिसिए।

त्यो रात उनीहरु सबै बनबासाको होटलमा बसे।भोलिपल्ट बिहान करिब ६ बजे सबैजना बनबासाबाट दिल्ली जाने बस गाडीमा चढे। दिल्लीको आनन्दबिहार बसपार्क झमक्कै भइसकेको थियो। लामो यात्राबाट थकित ती किशोरी बसपार्ककै एउटा बेन्चमा केही बेर निदाइछिन्। उठेर हेर्दा उनलाई दिल्ली पुगेकी थिइन उनका साथमा अन्य दुई किशोरी पनि थिएनन्। जोशीका अनुसार किशोरीलाई बेंग्लोर जाने योजना बनाइएको तर, प्रहरीले थाहा पाएको आशंका भएपछि छाडेर गए।किशोरीले बताएअनुसार आफूसँग भएको सानो झोला बसपार्क छेउको एउटा पान पसलमा राखेर काम पाइन्छ कि भनेर नजिककै बस्तीमा गइन्। तर, काम नपाएपछि फेरि पान पसलमै फर्किइन्। पान पसलको आफूले काम लगाइदिने र घरमा सम्पर्क गराइदिने प्रलोभन दिएर आफ्नो कोठामा पुरÞ्यायो। तर, कोठा पुग्नासाथ पसलेको व्यवहार फेरियो। कसैलाई सम्पर्क गर्न पनि दिएन। घरबााहिर निस्कन पनि दिएन।यसबीच किशोरीका अभिभावकले महेन्द्रनगरमा छोरी हराएको भन्दैमा उजुरी दिइसकेका थिए । तर, किशोरीका बारेमा केही पत्ता लागेको थिएन। एक दिन युटु्युब हेर्ने भन्दै पसलेलेसँग मोबाइल मागिन्। र फेसबुकमार्फत् महेन्द्रनगरका आफन्तलाई सबै कुरा बताइन्।त्यसपछि किशोरीका आफन्तले केआई नेपाललाई सम्पर्क गरेको जोशीले कान्तिपुरलाई बताए। त्यसपछि आफूले दिल्लीस्थित दूतावास र दिल्ली क्राइम ब्रान्चलाई जानकारी गराएको जोशीले सुनाए।त्यसपछि किशोरीको खोजी सुरु भयो। र, चार दिनपछि आइतबार साँझ किशोरीको उद्धार भएको हो। प्रहरीले ‘बन्धक’ बनाएर राख्ने ती भारतीयलाई पनि पक्राउ गरेको छ। साथै उनलाई दिल्ली पुरÞ्याउनेहरुको समेत प्रहरीले खोजी सुरु गरिसकेको र दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा किशोरीलाई केही दिनमै घर फकाईने प्रतिनिधि जोशीको भनाई छ ।