काठमाडौं । जेठ ११ गते
प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते बजेट ल्याउन बाध्यकारी नभएको पूर्वसभामुख समेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दाबीको गर्नु भएको छ । संविधानको धारा ११९ ले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्नुपर्ने व्यवस्था गरकोले सदन नै नभएकाले बाध्यकारी नभएको जिकिर गर्नु भएको छ।

मंगलबार प्रतिनिधिसभा विघटनबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको पूर्वसभामुखहरुको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा अदालतबाट पुनःस्थापन भएपछि बजेट पेश गर्नु उपयुक्त हुने बताउनुको हो ।