×

TUNGOON

आज बिहान ९ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने


काठमाडौं । जेठ १२ गते
आज बिहान ९ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनु भएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने छ। आजको बैठकमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

बैठकमा पार्टी सभामपतिले मंगलबार विपक्षी गठबन्धनको बैठकका बारे समेत पदाधिकारीलाई जानकारी गराउने बताइएको छ।साथै, आजको बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनबारे समेत छलफल हुने छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला