×

TUNGOON

आगामी शुक्रबारदेखि काठमाण्डौ उपत्यकाकामा पर्सि २० गतेसम्म खाद्यान्न पसल बन्द हुने


काठमाडौं । जेठ १२ गते
हाल विश्वभर कोरोना संक्रमणको दोस्रो लहर जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा निषेधाज्ञा लगाइएको छ । त्यस्तै आगामी शुक्रबारदेखि काठमाण्डौ उपत्यकाकामा पर्सि २० गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुने भएका छन् ।उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पर्सिदेखि एक हप्ता खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरेको हो ।‍काठमाण्डौ उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञा भोलि सकिंदैछ ।

कोरोना सङ्क्रमणको जोखिम बढेको निष्कर्षका साथ काठमाण्डौ उपत्यकामा थप कडाइका साथ जारी गरिएको आदेश पर्सिदेखि लागू हुने प्रशासनले जनाएको छ । पर्सिदेखि एक हप्ता खाद्यान्नका पसलसमेत बन्द हुने भएकाले आज र भोलि नै खाद्यान्नको जोहो गर्न आग्रह गरिएको छ ।एक हप्ताका लागि खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत बन्द हुनेछन् । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ । यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम र इभिनिङ वाक० मा समेत रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवानासमेत गर्ने निर्णय भएको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण नरोकिएकाले यो निर्णय गरेको बताउनुभयो । बिहानको समयमा भीडभाड बढेपछि यसलाई रोक्न खाद्य पसलसमेत बन्द गर्ने निर्णय गरेको उहाँको भनाइ छ । उहाँका अनुसार तरकारी, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्याँस खरिद, बिक्रीका लागि बिहान ९ बजेसम्म यस्ता पसल खुला रहने छन् । अन्य सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला