काठमाडौं । जेठ १२ गते
पुरातनवादी विचार र चेतनाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिविरुद्ध संघर्षमा उत्रिनु आजको एक मात्र विकल्प रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई छ । आज बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्ष गर्न आग्रह गर्नु भएको छ । उहाँल्े सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सह–अस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुने र दम्भ र अहंकारले मानिसमा विनाश निम्त्याउँने र त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएको बताउनु भएको छ ।

बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई नदर्शाउँने प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।उहाँले बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याएको योगदान नेपालीका लागि गौरवको कुरा भएको बताउनु भएको छ । । साथै बुद्धका उपदेश विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत रहेको उहाँको भनाइ छ ।